दैलेखः दुल्लु नगरपालिका–४ कालाखोलामा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्याक्टरमा चढेका व्यक्ति रहेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय दुल्लुले जनाएको छ ।
सुर्खेतबाट दैलेखको डाँडीमाडी सम्म चामल लिएर जाँदै गरेको भे १ त ७४ ८१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।
ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको थियो ।
प्रकाशित मितिः २०७७ साल पुस १ गते बुधबार, १६:१५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook