दैलेखः चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ खारामा सोमबार बेलुकी भएको दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक घाइते छन् ।

मृत्यु हुनेमा स्थानीय १२ वर्षीय ध्रुब बुढा रहेको दैलेख प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पार्किङ गरेर राखेको लु ४ त ४३२४ नम्बरको ट्याक्टरमा खेल्दै गरेका बालक ध्रुबले उक्त ट्याक्टरको गियर चलाएका थिए । गियर चलाएपछि ट्याक्टर गुडेर नजिकै रहेको घरमा ठोकिन पुग्दा घाइते भएका उनको उपचारको क्रममा स्थानीय मेडिकलमा मृत्यु भएको हो ।

यस्तै, दुर्घटनामा घाइते भएका सोही ठाउँका ११ वर्षीय महेश बुढाको सोही मेडिकलमा उपचार भइरहेको छ ।



प्रकाशित मितिः मंगलबार, फागुन २७, ०८:१५