दोलखाः भिमेश्वर नगरपालिका २ तिखातलमा बुधबार राति जेसिबी पल्टिँदा एक जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा अन्य ३ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा दोलखाकै कालिन्चोक ४ चिउरीखर्कका २२ वर्षीय राजु थामी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

प्रहरीका अनुसार दोलखाकै गौतम टोलबाट भिमेश्वर मन्दिरतर्फ जाँदै गरेको जेसिबी सडकबाट १ सय मीटर तल खस्दा गम्भीर घाइते भएका थामीको उपचारको क्रममा चरिकोट प्राथमिक स्वास्थ्य चौकीमा मृत्यु भएको हो ।

दुर्घटनामा परि कालिन्चोक गाउँपालिका–४ चिउरीखर्क घर भएका चालक २२ वर्षीय राजकुमार थामी, बिगु गाउँपालिका–७ अम्बा टोलका २७ वर्षीय बिजय श्रेष्ठ र भीमेश्वर नगरपालिका–२ का १६ वर्षीय सुमन थामी गम्भीर घाइते भएका छन् ।


घाइते तीनै जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।


प्रकाशित मितिः बिहीबार, मंसिर २६, १०:२१