काठमाडौंः च्याम्पियन्स लिग फुटबलमा टोटनह्याम बार्यन म्युनिखसँग पराजित भएको छ ।

बुधबार राति भएको दोस्रो लेगको खेलमा टोटनह्याम बार्यनसँग ३–१ ले पराजित भएको हो । पहिलो लेगको खेलमा बार्यनले टोटनह्यामलाई ७–२ ले हराएको थियो ।

खेलको १४ औं मिनेटमा किंग्स कोमनले गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए । २० औं मिनेटमा टोटनह्यामका रायन सेसजेनले गोल गर्दै खेल बराबरीमा ल्याए । ४५ औं मिनेटमा थोमस मुलरले गोल गर्दै बार्यनलाई पुनः अग्रता दिलाए । ६४ औं मिनेटमा काउटिन्होले गोल गर्दै बार्यनलाई ३–१ को जित दिलाए ।

दुवै टिम यसअघि नै नकआउट चरण प्रवेश गरिसकेका थिए । समूह बी बाट बार्यन समूह विजेता र टोटनह्याम उपविजेता भन्दै नकआउट चरणमा प्रवेश गरेका हुन् ।


। बार्यनले १८ अंक जोड्न सफल रह्यो भने उपविजेता टोटनह्यामले १० अंक जोड्यो ।


प्रकाशित मितिः बिहीबार, मंसिर २६, ०९:२८