धनकुटाः कोसी राजमार्गको धनकुटाको भेडेटार–६ स्थित भोजपुरे(गोलाइमा मंगलबार एक यात्रीबाहक बस दुर्घटना भएको छ ।

रौतहटबाट धनकुटाको पाख्रिबास कृषि अनुसन्धान केन्द्रतर्फ कृषि भ्रमणको टोली लिएर जाँदै गरेको ना५ख ३३२८ नम्बरको बस ब्रेकफेल भइ दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् ।

घाइतेहरुमध्ये ४ जना गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते यात्रीहरुलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

बस सडकदेखि करिब १०० मिटर तल खसेको थियो ।