काठमाडौंः धनकुटाको चौबिसे गाउँपालिका–३ गढीगाउँमा बुधबार राति ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय १७ वर्षीय लक्ष्मण तामाङ रहेको प्रहरीले जनाएको छ ।

को २ त २८३६ नम्बरको ट्याक्टरबाट खस्दा घाइते भएको तामाङको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ भैरवडाँडामा बुधबार राति ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक हेटौंडा उपमहानगरपालिका–९ का १९ वर्षीय सौरभ दर्लामी रहेको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भैरवडाँडा स्थित पाथीभरा मन्दिरबाट हेटौंडा बजारतर्फ जाँदै गरेको ना ६ त ४५३७ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा ट्याक्टरको सिट र स्टेरिङले च्यापिएदा दर्लामीको घटनास्थलमै मृत्यु भएको हो ।

तीव्रगतिका कारण अनियन्त्रित भएर ट्याक्टर सडकमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

 


प्रकाशित मितिः बिहीबार, असोज १६, ११:१३