धनुषाः धनौजी गाउँपालिका–४ स्थित भडरीया नाकाबाट आइतबार एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको जनकपुर उपमहानगरपालिका १ बस्ने ३८ वर्षिय आकाश राईन रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

मोटरसाइकलमा सवार राईनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ठाडीझिँजाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथबाट १५ बोतल एक्जीप्लोन सिरफ नामक लागूऔषधसहित उनलाई पक्राउ गरेको हो ।

एपीएफ टोलीले राईनले प्रयोग गरेको मोटरसाइकल समेत बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक छतकुलीले बताए ।


पक्राउ परेका राईनलाई बरामद लागूऔषध र मोटरसाइसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाईएको छ ।


प्रकाशित मितिः मंगलबार, फागुन २०, १०:०८