धनुषाः जनकपुर उपमहानगरपालिका–२३ विन्दीमा बिहीबार राति एम्बुलेन्सको ठक्करबाट एक साईकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय २४ वर्षीय बसन्त कुमार झा रहेका छन् ।
साईकल चलाउँदै गरेका झालाई महोत्तरीबाट जनकपुर तर्फ आउँदै गरेको ज १ च ७७७ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा चन्द्रकला अस्पताल जनकपुरमा मृत्यु भएको हो ।
एम्बुलेन्स सहित चालकलाई प्रहरी चौकी जिरोमाईलले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २०७७ साल चैत २० गते शुक्रबार, ०९:५९
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook