धनुषाः जनकपुर उपमहानगरपालिका–१४ मुजेलियामा आज बिहान कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कार चालक जनकपुर उपमहानगरपालिका–१९ वेङगा पिपारीका ४५ वर्षीय विजय शर्मा रहेका छन् ।

तारापट्टीबाट जनकपुरतर्फ जाँदै गरेको बा २० च ६८३१ नम्बरको कार आफैं अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका उनको उपचारका लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको वडा प्रहरी कार्यालय मुजेलियाले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २८ शुक्रबार, १४:२२