धनुषाः मिथिला नगरपालिका–६ तरकारी बजारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाधाम नगरपालिका ९ मुलाबारीका ४६ वर्षीय रामेश्वर मण्डल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लालगढबाट जनकपुरतर्फ जाँदै गरेको ना ६ ख १०८६ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको को ३९ प ६८४८ नम्बरको मोटरसाइकललाई शनिबार साँझ साढे ६ बजे ठक्कर दिँदा गम्भीर घाइते भएका मण्डलको लालगढ स्थित मोडेल अस्पतालमा मृत्यु भएको हो ।

ठक्कर दिने टिपर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः आइतबार, मंसिर २९, ०९:४८