धनुषाः विदेह नगरपालिका–५ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा ट्याक्टरमा चढेका स्थानीय २५ वर्षीय दिलिप पासवान रहेका छन् ।
ज १ त ६९६३ नम्बरको ट्याक्टर आज बिहान ३ बजे अनियन्त्रित भई पल्टिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय औरहीले जनाएको छ ।
गम्भीर घाइते भएका ट्याक्टर चालक विदेह नगरपालिका–६ का ४५ वर्षीय सिंगेश्वर दासलाई उपचारको लागि जनकपुरतर्फ पठाइएको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर ३० गते मंगलबार, ११:५२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook