धनुषाः लक्ष्मीनिया गाउँपालिका–४ सपहीमा आज बिहान बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका–३ बस्ने ५० वर्षीय दिपचन्द्र यादव रहेका छन् ।

सर्लाहीबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख १०६९ नम्बरको बसले यादव चढेको साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा जानकी हेल्थ केयर अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

बस सहित चाकलाई प्रहरी चौकी लक्ष्मीनीयाले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ १६ गते शुक्रबार, १६:३५