धनुषाः धनुषाधाम नगरपालिका–९ कान्छी बजारमा आज बसको ठक्करबाट एक बृद्धाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ७५ वर्षीया घुर्कीदेवि यादव रहेकी छिन् ।

आज बिहान सवा ११ बजे विदेशबाट नेपाल आएका नागरिक लिएर जनकपुरबाट सप्तरी तर्फ जाँदै गरेको बा ५ ख ७६०७ नम्बरको बसले पैदल हिडिरहेकी उनलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न बस सहित चालकलाई इलाका प्रहरी कार्यालय यज्ञभुमी धनुषाले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः सोमबार, असार ८, २०७७, १७:५२