धनुषाः गणेशमान चारनाथ नगरपालिका–४ डाडाटोलमा सोमबार राति बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मिथिला नगरपालिका–६ का ३७ वर्षीय बिबेक कुमार बस्नेत रहेका छन् ।
धरानबाट काठमाडौं आउँदै गरेको ना ५ ख ६१२३ नम्बरको बसले ज ११ प ९५८८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्कर दिने बस सहित चालकलाई इलाका प्रहरी कार्यालय भरतपुरले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर २३ मंगलबार, ११:२१
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook