धनुषाः मिथिला नगरपालिका–५ श्रीपुरमा आज बिहानै टिपरको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय २४ वर्षीय दिलिप कुमार महत्तो रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार श्रीपुर स्थित औरही खोलाको बगरमा बालुवा उत्खनन गर्दै गर्दा ना ७ ख ६४१३ नम्बरको टिपरले महतोलाई आज बिहान चार बजेतिर मर्निङ वाकमा गएका बेला किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

घटनालगत्तै प्रहरी पुगेर शव र टिपरलाई नियन्त्रणमा लिएको छ । दुर्घटना गरी फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।


उनको नियोजित हत्या भएको आरोप लगाउँदै स्थानीयहरु विरोध प्रदर्शनमा उत्रेका छन् ।


प्रकाशित मितिः शुक्रबार, पुस २५, १२:१३