धनुषाः मिथिला नगरपालिका–९ मा आज दिउँसो मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

ज ३ प ८१७७ नम्बरको मोटरसाइकलले नाम, थर ठेगाना नखुलेका ६५ वर्षीय पुरुषलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको उपचारको क्रममा मोडेल अस्पताल लालगढमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक भने सामान्य घाइते भएकाले उनको उपचार भइरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १३ गते सोमबार, १९:२०