धनुषाः सबैला नगरपालिका–१२ मा आज मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सबैला नगरपालिका–२ का ७० वर्षीय उतिम चौधरी रहेका छन् ।

नम्बर नखुलेको मोटरसाइकलले पैदल हिडिरहेका वृद्धलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको जनकपुर स्थित गोदावरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकल सहित चालकको खोजि भइरहेको प्रहरी चौकी वरमझियाले जनाएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १६ गते बिहीबार, १८:२५