काठमाडौँः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आज बिहीबार धरहराको टेन्डर खोल्ने भएको छ । गएको बैशाख ३० गते प्राधिकरणले मुलुक र वा मुलुक बाहिरको ठेकेदारले समेत प्रतिस्पर्धा गर्न सक्ने गरी टेन्डर आब्हान गरेको थियो ।

प्राधिकरणले अनलाइनमार्फत टेन्डर आब्हान गरेकाले कति कम्पनीले प्रतिस्पर्धा गरे भन्ने विषयमा प्राधिकरणलाई जानकारी छैन ।

प्राधिकरणका सम्पदा संरक्षण विभाग प्रमुख राजुमान मानन्धरले आज बिहीबार कति ठेकेदारले प्रतिस्पर्धा गरेका छन् भन्ने विषयमा जानकारी हुने बताए ।

उनले भने– ‘आज २ बजे टेन्डर खोलेपछि कतिले प्रतिस्पर्धा गरे भन्ने विषयमा जानकारी हुने र पछि मूल्यांकन गरेपछि कुन ठेकेदारलाई टेन्डर दिइयो भन्ने विषयमा थाहा हुनेछ ।


।’

प्राविधिक प्रस्ताव छनोटमा परेका कम्पनीहरुले पुनः पेस गर्ने आर्थिक प्रस्ताव अनुसार न्यून लागत कबोल गर्ने कम्पनीले निर्माणको जिम्मेवारी पाउनेछ ।

प्रधानमन्त्री केपी ओलीले असार अन्तिम साता धरहरा पुनर्निर्माणको शिलान्यास गर्ने तयारी गर्नेगरी प्राधिकरणले टेन्डर प्रक्रियालाई अघि बढाएको हो ।

करिब एक वर्षअघि नेपाल टेलिकमले करिब ६ अर्ब रुपियाँमा धरहरा बनाउने प्रस्ताव गरेको थियो । नेपाल समाचारपत्र दैनिक खबरमा छ ।