धादिङः थाक्रे गाउँपालिका–८ मा बुधबार साँझ स्करपियो जीपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कालीकाटेको नरहरी नगरपालिका–८ का ४१ वर्षीय दिपेश पुन रहेका छन् ।
नवलपरासीबाट काठमाडौं आउँदै गरेको लु १ झ ३८२ नम्बरको स्करपियो जीपले ठक्कर दिँदा घाइते भएका पुनलाई उपचारको लागि काठमाडौको महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो । अस्पताल पुर्याउना साथ उनको मृत्यु भएको बताइएको छ ।
ठक्कर दिने जीप सहित चालकलाई इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २०७७ साल फागुन २० गते बिहीबार, १०:०८
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook