धादिङः गजुरी गाउँपालिका–१ गलौदीमा आज टिपर र ट्याक्सी ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्याक्सी चालक धादिङको त्रीपुरा सुन्दरी गाउँपालिका–१ सल्यानटार घर भई हाल काठमाडौंको सानो भर्‌याङ बस्ने २४ वर्षीय दिपेश वि.क. रहेका छन् ।

चितवनबाट काठमाडौं आउदै गरेको बा २ ज २३५६ नम्बरको ट्याक्सी र बिपरित दिशाबाट जाँदै गरेको बा ४ ख ८१४३ नम्बरको टिपर आज बिहान ठोक्किँदा घाइते भएका उनको उपचारको क्रममा गजुरी अस्पतालमा मृत्यु भएको हो ।

घाइते ट्याक्सीमा सवार दाङको शान्ति गाउँपालिका–५ बस्ने ३८ वर्षीया बर्षा के.सी.को सोही अस्पतालमा उपचार भइरहेको छ ।


टिपर चालकलाई इलाका प्रहरी कार्यालय गजुरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ७ आइतबार, १६:०३