धादिङः गल्छी गाउँपालिका–७ बाईसकिलोमा सोमबार राति ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गल्छी गाउँपालिका–७ का २३ वर्षीय दिपेश नेपाली रहेका छन् ।

चितवनबाट काठमाडौं आउँदै गरेको ना ३ ख ७६५७ नम्बरको ट्रकलाई उछिन्ने क्रममा सोही दिशातर्फ आउँदै गरेको बा ६६ प ९०२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते उनको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको हो ।

ट्रक र मोटरसाइकल सहित ट्रक चालकलाई प्रहरी चौकी गल्छीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १४ गते मंगलबार, १०:१३