काठमाडौंः धादिङको धुनिवेशी नगरपालिका–८ बाहुनडाँडामा आज दुई वटा ट्रक जुध्दा एक ट्रक चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ४० वर्षीय लल्कु कुमार खवास रहेका छन् ।

मकवानपुरबाट काठमाडौं आउँदै गरेको वागमती प्रदेश–०३–००१ ख ०४१६ नम्बरको ट्रकले ना ७ ख ७३७६ नम्बरको ट्रक बिग्रीएर मर्मत गर्दै गरेका चालक खवासलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

ट्रक चालकलाई इलाका प्रहरी कार्यालय खानिखोलाले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत ५ गते बिहीबार, १८:३८