धादिङ : धादिङको उत्तरी क्षेत्रमा पर्ने खनियाँबास र नेत्रावती डपजोङ गाउँपालिकामा गएराती पहिरो गएको हो।

पहिरोमा पुरिएर खनीयाबास गाँउपालिका–५ सत्यदेवीकी ३२ वर्षीय वसुदा गुरुङ्ग, ८ वर्षीया छोरी लक्ष्मी, ५ वर्षीया सरस्वती गुरुङ्ग र अर्का एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोमा परी पाँचजना घाइते भएका छन्। सात घर पहिरोले बगाएको छ।

पहिरोमा परि सम्शेर घले र कोप्ची घले बेपत्ता भएका इलाका प्रहरी कार्यालय दार्खाका प्रहरीले जानकारी दिए।

गोलेका १० वर्षीय नाति विकास गुरुङलाई पहिरोबाट घाइते अबस्थामा उद्धार गरिएको छ।

घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ।


। पहिरोले खनियाँबास–४ चिउरीबोटमा एक घर बगाएको छ।

खनियाँबास–४ दार्खामा पहिरोले दिपक गोतामेको घर बगाएको हो। पहिरोमा परि दिपक गोतामे, लक्ष्मी गोतामे, कल्पना गोतामे र २ वर्षका रवि गोतामे घाइते भएका छन्।

घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्छ। वर्षाले धादिङको उत्तरी क्षेत्रका सबै सडक अवरुद्ध हुँदा पीडितको उद्धारमा समेत कठिनाई भएको प्रहरीले जनाएको छ।