धादिङः बेनिघाट रोराङ गाउँपालिका ७ चरौदीमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत घर भएकी पार्वती देवी साहका ८ वर्षीय छोरा आदर्श कुमार रहेका छन् ।

प्रदेश ३–०२–००३ प ८५३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको हो ।

मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय बेनिघाटले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत १४ गते शनिबार, १९:५२