धादिङः थाक्रे गाउँपालिका–२ कोइरालेमा आज बिहानै भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

पृथ्बी लोकमार्गमा चितवनबाट काठमाडौं आउँदै गर्दा बिग्रिएर सडक छेउमा रोकिराखेको ना ६ ख ६४ ६५ नम्बरको ट्रकमा आज बिहान साढे ३ बजे सोही दिशातर्फ आउदै गरेको लु २ ख २७० नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको हो ।

घटनास्थलमै मृत्यु भएका दुई जनाकै सनाखत हुन बाँकी रहेको छ ।

घाइते भएका २७० नम्बरको ट्रक चालक ३७ वर्षीय राम अधिकारीलाई उपचारका लागी राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ । अर्का ट्रक चालक भने सामान्य घाइते भएका छन् ।


प्रकाशित मितिः २०७७ साल माघ १९ गते सोमबार, ११:१७