काठमाडौंः काठमाडौं सहितका क्षेत्रमा आज दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।

दिउँसो २ बजेर ४६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु भएर ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २५ मंगलबार, १८:२७