सिरहाः धारिलो हतियार प्रहारबाट एक युवकको हत्या भएको छ ।

सिरहाको कल्याणपुर नगरपालिका–१ अर्नामा बनिनियाँमा धारिलो हतियार प्रहारबाट स्थानीयबासी गोपी सदाका २२ वर्षीय छोरा उमेश सदाको हत्या भएको प्रहरीले जनाएको छ ।

सदाको गर्दनमा धारिलो हतियार प्रहार गरिएको छ । सदाको शव अर्नमा बनिनियाँको लोहजारा नदीमा भेटिएको हो ।

बुधबार साँझबाट बेपत्ता भएको सदाको शव बिहीबार दिउँसो ४ बजे स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा पठाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।