काठमाडौंः धुर्मुस-सुन्तली फाउन्डेसनले क्रिकेट रंगशाला निर्माणका लागि ललितपुरको गोदावरीमा रहेको जग्गामा क्रिकेट रंगशाला बनाउने प्रस्ताव गरेको छ ।
सबै हिसाबले सो जग्गा उपयुक्त देखिएको भन्दै फाउन्डेसनका तर्फबाट खेलकुद मन्त्रालयमा औपचारिक प्रस्तावना पेश गरिएको हो ।
प्राविधिक विशेषज्ञसहितको धुर्मुसको टिमले देशका विभिन्न स्थानहरुमा प्रस्तावित जग्गाको अवलोकन र सरोकारवाला पक्षसँग छलफल गरेर निर्णय लिएको हो। टिमले काठमाडौंको कीर्तिपुर, मूलपानी, चोभार तथा पोखरा, चितवन, भैरहवालगायतका स्थानहरुमा रहेका सरकारी जग्गाको स्थलगत अवलोकन गरेको थियो ।
गोदावरीस्थित १ सय २८ रोपनी जग्गा अहिलेसम्म हेरिएकामध्ये उत्कृष्ट रहेको धुर्मुस-सुन्तली फाउन्डेसनका प्राविधिक टिमले ठहर गरेको छ ।
। मनोरम स्थानमा रहेको हुनाले पर्यटकीय दृष्टिकोणले समेत उपयुक्त हुने विश्लेषण गरिएको छ ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook