काठमाडौंः बिगत केहि दिनदेखि परेको हिलो सहितको पानीका कारण काठमाडौं प्रदूषित भएको छ ।

गत बुधबार चलेको अत्याधिक हावाहुरिका कारण भारतको राजस्थान नजिकैको मरुभूमिबाट उढेको धुलो बंगालको खाडीबाट आएको वायुमण्डलमा मिसिन गई भारत संग सीमा जोडीएको नेपालको पुर्बी भाग र मद्यपश्चिमी भागका विभिन्न स्थानका साथै काठमाडौंमा समेत धुलो मिश्रीत हिलो पानी परिरहेको छ ।

त्यही हिलो पानी पर्ने र सुक्ने क्रम चलिरहेकोले अहिले काठमाडौंको वातावरण प्रदूषित बनेको छ । काठमाडौंमा अहिले २ किलोमीटरको आसपासमा पानी परिरहेको तथा बादल लागेजस्तो देखिएको छ । वातावरण सुख्खा भएका कारण अत्यधिक धुलो उडेर यस्तो देखिएको हो ।


मौसम विभागले अझै केहि दिन धुलो मिश्रीत बर्षा हुने जनाएको छ । त्यस्तै चिकित्सकहरुले पनि आकाशबाट परेको पानी प्रयोग नगर्न साथै हिलो पानी र धुलो बाट बच्चका लागि शरीर पूर्ण तबरले ढाकिने कपडा साथै मास्क र चस्माको समेत प्रयोग गर्न भनेका छन् ।