काठमाडौँः भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा बनेपा नगरपालिका २ का ३० बर्षीया कुमार गिरीको पत्थरीको सल्यक्रिया गर्ने भन्दै झुक्याएर मिर्गौला निकालिएको पाईएको छ ।

मोरङका थर्क बस्नेतले नक्कली कागजपत्र तयार पारी छोरा बनाएर उनको मिर्गौला झिकेका हुन् ।

गिरीका आफन्तले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो ।

बस्नेतले आफ्नो छोरा आशिषका नाममा नक्कली कागजपत्र तयार गरी मिर्गौला प्रत्यारोपण गरेको उजुरी महानगरीय प्रहरी वृत्त भक्तपुर जगातीमा परेको छ।

अस्पतालमा नाता प्रमाणित जाँच गर्न छुट्टै समिति रहे पनि कसरी नक्कली कागजका आधारमा मिर्गौला झिकियो भन्ने विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी कृष्ण प्रसाईले बस्नेतलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। कुमार मानसिक अवस्था कमजोर भएका व्यक्ति हुन्।

नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा केन्द्रले गिरीको मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिदिएको थियो । नागरिक दैनिकको समाचार छ ।