खोटाङ : झुठो विवरण पेश गरी नागरिकताको प्रतिलिपी लिन खोज्ने खोज्ने ऐसेलुखर्क गाउँपालिका–६, ज्यामिरेका ३० वर्षीय उमेश क्षेत्री पक्राउ परेका हुन्।

प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर नै नभएको नागरिकताको फोटोकपी पेश गरी प्रतिलिपी लिन खोजेको पाइएपछि क्षत्रीलाई पक्राउ गरिएको हो। थप अनुसन्धानका लागि क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय खोटाङमा बुझाइएको छ।

२०६३ सालमा बनेको उल्लेख क्षत्रीले पेश गरेको नागरिकता नम्बर ९१९६ छ। क्षत्रीको नागरिकताको फोटोकपीमा उनको जन्म मिति २०४२ असोज २३ गते तथा बाबुको नाम रामप्रसाद क्षेत्री र ठेगाना साविकको ज्यामिरे गाविस–९ उल्लेख  छ ।