कञ्चनपुरः कञ्चनपुरमा नक्कली नोट सहित एक जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

भिमदत्त नगरपालिका–१८ बस्ने २४ वर्षीय दिपक नाथलाई १ हजार दरको ३ वटा नक्कली जस्तो देखिने नोट सहित प्रहरीले पक्राउ गरेको हो ।

दिपकले भिमदत्त नगरपालिका–४ स्थित एक पसलबाट सामान किनी पैसा दिने क्रममा नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त नोट सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १४ आइतबार, १९:५७