सिन्धुपाल्चोकः नक्कली सुन देखाई ७ लाख रुपैयाँ ठगी गरी फरार रहेका बाह्रबिसे नगरपालिका–८ बस्ने ३८ वर्षीय जित बहादुर तामाङलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको छ ।

बलेफी गाउँपालिका–४ टुनीबोटबाट गत असोज ३० गते नक्कली सुन देखाई उक्त नगद ठगी गरी फरार रहेका तामाङलाई इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १५ गते शनिबार, १७:२५