काठमाडौंः काठमाडौंको नागपोखरी नक्सालमा नयाँ बुटिक त्रिति सञ्चालनमा आएको छ ।

बुटिककी प्रबन्धक निर्देशक ज्योती थापा अहिले आम मानिसमा समेत फेशनप्रतिको धारणामा परिवर्तन आएको उल्लेख गर्दै अब फेशन बुटिकले सफलता पाउनेमा आफू बिश्वस्त रहेको बताइन् ।

थापाले आकर्षक र नविनतम पहिरन आफ्नो रोजाइमा सधै पर्ने गरेको बताएकी छन् । राजधानीको नक्सालमा ‘संचालन गर्दै उनले फेसनमा आफु सधै सजक रहेको समेत बताइन् ।

कुर्था, लेहेङ्गा, सारी आफ्नो बिषेश मनपर्ने पहिरन भएको बताएकीछन । उनले थपिन् ‘सेलिब्रेटीको रोजाइमा पर्ने र उनीहरुले लगाउने सबै पहिरन यो बुटिकमा पाइन्छ।

धेरै फेसन शो र बिभिन्न सौदर्य प्रतियोगितामा समेत ड्रेस डिजाइनरको भुमिका निर्बाह गरिसकेकी थापाले दैनिक प्रयोगमा आउने क्याजुअल, ब्राइडल, इन्डोवेस्टन, गाउन लगायतका पहिरनलाई बुटिकले प्राथमिकता दिएको बताइन् ।


‘नेपाली फिल्म, म्युजिक भिडियो, फेसन शो लगायत जुनै प्रकारको प्रायोजनका लागि नया र आकर्षक पहिरन डिजाइन गर्न हामीलाई आपती छैन’ ज्योतिले भनिन् ‘यो मेरो अनुभव र सौखको बिषय पनि हो ।’ सौखको बिषय बुटिक मार्फत ब्यवसायमा बदल्न लागेको उनको भनाई थियो ।

‘बुटिक फेसन’ भन्ने वित्तिकै ‘महागो होला’ भन्ने बुझाइ आम मानिसमा छ । तर, त्यसलाई हामी चिर्न चाहन्छौा’ थापाले थपिन् सर्वसाधारणको समेत पहुच पुग्नेगरी ‘ त्रिति बुटीक’ सञ्चालनमा ल्याइएको हो ।’

‘हामी बुटिकमा जाँदा अन्य पसलमा भन्दा महंगो मुल्य तिर्नुपर्छ भन्ने आम कन्सेप्टलाई तोड्न चाहन्छौं ।’ उनले भनिन्, ‘अहिले उमेर ढल्किसकेका महिलामा समेत फेशनले निकै राम्रो प्रभाव पारेको छ । तसर्थ हामीले सबै उमेर समूहकालाई लक्षित गरेर साधारण मुल्यमै सेवा लिन सकिने गुणस्तरीय बुटिक सञ्चालनमा ल्याएका हौं ।’

जसमा करिब ३० लाख रुपैयाँ बराबरको लगानी रहेको प्रबन्ध निर्देशक तथा डिजाइनर ज्योती थापाले बताइन् ।

बुटिकले सरल तरिकाले सस्तो र स्तरिय सेवा प्रदान गर्ने जनाएको छ ।


प्रकाशित मितिः मङ्गलबार १७ चैत, १७:२६