काठमाडौंः काठमाडौं ढुङ्गेअड्डा नजिकै सडकमा दोलखा चरिकोट बस्ने ३४ वर्षीय पुरुषको नगद १८ हजार ५ सय रुपैयाँ लुटेर भाग्ने क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

लुटपाट गरी भाग्ने क्रममा काठमाडौं चाबहिल बस्ने दार्जलिङ् घर भएकी २४ वर्षीया सानु क्षेत्री समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः मंगलबार, असार २, २०७७, २१:४४