काठमाडौंः नव–गायक प्रदिप लकान्द्रीले आफ्नो पहिलो डेब्यु गीत ‘नजिकै बसौ’ सार्वजनिक गरेका छन् ।

संगीतमा लागेर नाम, दाम र सम्मान कमाउने सपना देखेका नव गायक लकान्द्रीको ‘नजिकै बसौ’ पहिलो अफ़िसिएल भिडियो रहेको छ ।

भोजपुरमा जन्मिएका लकान्द्रीलाई गायिका मीना निरौलाले गायनमा साथ दिएकी छन् । गीतमा सानु कोबिदको शब्द र सुरेन्द्र कुमार साहीको संगीत रहेको छ भने रिकेश गुरुङलको संगीत संयोजन रहेको छ ।

गोदावरीको सुन्दर रमणीय ठाउँमा छायांकन गरिएको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका छन् भने विकाश ज्ञवालीले सम्पादन गरेका छन ।

सुब्रत राज आचार्यको निर्देशन तथा सुरेन्द्र बसेलको कोरियोग्राफी गरेको भिडियोमा प्रकाश रामदाम र रिमा विश्वकर्माको अभिनय रहेको छ ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः शनिबार, कार्तिक १६, ११:३५