काठमाडौंः कानुनका विद्यार्थीहरुले आज ८ बुँदे माग राख्दै धर्नामा बसेको छ ।

काठमाडौंको प्रदर्शनीमार्गमा रहेको नेपाल ल क्याम्पसको परिसरमा विद्यार्थीहरु यसरी धर्ना बसेका हुन् ।

धर्नामा रहेका विद्यार्थीले एलएलबी प्रवेश परिक्षाको नतिजा सर्वजनिक गर्न देखि शैक्षिक पूर्वाधारहरु व्यवस्थित गर्न माग गरेका छन् ।

उनीहरुले राखेका ८ बुँदे मागहरु
१. एलएलबी प्रवेश परिक्षाको नतिजा तुरुन्त सार्वजनिक गर
२. डिन, सहायक डिन तथा क्याम्पस चिफ राजीनामा गर
३. बिधिको शासन पद्दती प्रकृया सहमती सहकार्यको खिल्ली उडाउन पाइदैन
४. कानुनी शिक्षा प्रणाली व्यवस्थित गर
५. कानुनी शिक्षामा राजनीतिक हस्तक्षेप बन्द गर
६. शैक्षिक माफियाहरु होसियार
७. शैक्षिक पुर्वाधारशहहरु व्यवस्थित गर
८. एलएलबी प्रवेश परिक्षको लागि निपक्ष छानविन समिति गठन गर रहेका छन् ।


नेपाल तारा संवाददाता