म्याग्दीः म्याग्दीको मंगला गाउँपालिका–५ छिसवाङमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा टिकावाङका १६ वर्षीय शंकर विक रहेको प्रहरीले जनाएको छ ।

छिसबाङस्थित म्याग्दी नदीमा सोमबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका विकको शव आज बिहान फेला परेको हो ।

पोखरास्थित कालिका गणबाट आएको गोताखोर टोलीले तलाउबाट विकको शव निकालेको सशस्त्र प्रहरी बल आश्रित गुल्म म्याग्दीका प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङले जानकारी दिए ।

जनपथ प्रहरी र स्थानीयवासीले खोजी गर्दा नभेटिएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमार्फत् गोताखोर टोली मगाइएको थियो।



प्रकाशित मितिः २०७७ साल कार्तिक २६ बुधबार, १२:३४