काठमाण्डौ : मेडिकल सेवा महङगो भइरहेका समयमा मेघा अस्पताल प्रा.लिंं. सर्वसाधरणको रोजाइको अस्पताल बनेको छ ।

अस्पतालले गरिव ,विपन्न तथा पिछडिएका वर्गका नागरिकलाइ उपचार, सेवा, सुविधामा छुट तथा सहुलियत दिदै आईरहेको मेघा अस्पतालका प्रबन्ध निर्देशक तथा अध्यक्ष किशोर जंग राणाले बताए।

काठमाण्डौ उपत्यकाका अलवा विभिन्न जिल्ला बाट पनि सेवाग्राही जो गरिवीको रेखामुनि रहेका हुन्छन ति सर्वसाधारणलाई  मेघा अस्पतालको तर्फबाट दिईने सेवा र सुविधाहरु सर्वसुलभ रुपमा दिइरहेको बताए ।

हस्पिटलका तर्फ बाट गरिबीको रेखामुनि रहेका परिवारका सदस्यहरुलाई स्वास्थ्य चेकजाँच औषधि लगाएत सेवाहरु दिईने प्रबन्ध निर्देशक तथा अध्यक्ष राणाले बताए ।