काठमाडौंः गायिकाद्वय अमृता लामिछाने, धना मगर र गायक यज्ञराज बुढाथोकीको आवाजमा नेपाली नारीहरुको महान पर्व हरितालिका तिज लक्षित गर्दै सन्देशमुलक ‘संगै नाचौँ गाईज’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

गीतमा देशमा व्याप्त कोरोना महामारीमा पनि आपसमा मिलेर तिज पर्वलाई घरमा नै परिवार सगँ नै भब्य साथ मनाउनको लागी आग्रह गरिएको छ ।

यज्ञ बुढाथोकीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतको एरेन्ज संजय श्रीपालले गरेका छन ।

मिराज अर्यालको छायांकन, विवेक खड्काको सम्पादन तथा उदिराम खड्काको निर्देशन तथा विन्दु खड्काको कोरियोग्राफी भिडियोमा रहेको छ ।


गीतको भिडियोमा मनोज खड्का, मुना श्रेष्ठ, पुरन क्षेत्री र गणेश राईको अभिनय छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः शुक्रबार, असार २६, २०७७, ०९:३०