नयाँ पार्टी दर्तापछि पहिलो बैठक गोकर्ण रिसोर्टमा बस्छः सचिव कृष्णगोपाल







काठमाडौं: नेकपा एमाले र माओवादी केन्द्र आज (बिहीबार) एकीकरण हुँदै छ । एकीकरणपछि बन्ने नयाँ पार्टी ‘नेपाल कम्युनिस्ट पार्टी’को पहिलो बैठक पनि आजै साँझ गोकर्ण फरेस्ट रिसोर्टमा बस्ने भएको छ।

एमाले केन्द्रीय कार्यलयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार, निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरिने र राष्ट्रिय सभा गृहमा पार्टी एकता घोषण गर्ने अनि गोकर्ण रिसोर्टमा पहिलो बैठक बस्ने छ ।

आज साँझसम्ममा हुने पार्टी एकता घोषणा प्रक्रियालाई अन्तिम रुप दिन अहिले दुई पार्टीका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । एकता


संयोजन समितिको बैठकपछि एमालेको केन्द्रीय कमिटी बैठक र माओवादीको सचिवालय बैठक बस्ने तयारी समेत भएको बुझिएको छ ।

निर्वाचन आयोगमा साँझ ४ बजे नयाँ पार्टी दर्ता गर्ने र त्यसपछि राष्ट्रिय सभा गृहमा पार्टी एकता घोषण गर्ने कार्यक्रम रहेको छ । पार्टी एकताको खुशीयालीमा काठमाडौंमा रहेको गोकर्ण रिसोर्टमा आजै नेपाल कम्युनिस्ट पार्टीको पहिलो बैठक बस्ने भएको हो ।




ताजा समाचार


विशेष समाचार