काठमाडौंः विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक नयाँ वरीयतामा नेपाल यथावत रहेको छ ।
फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ७१ औं स्थानमा यथावत रहेको हो । गत महिना पनि नेपाल १ सय ७१ औं स्थानमै रहेको थियो ।
कोरोना भाइरसको महामारीपछि नेपालले गत नोभेम्बरमा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले एक खेलमा हार र एक खेलमा बराबरी खेलेको थियो ।
नेपाल दक्षिण एसियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत १ सय ४ औं स्थानमा र माल्दिभ्स १ सय ५५ औं स्थानमा रहेको छ ।
नेपाल भन्दा तल भुटान १८९ औं, बंगलादेश १८६ औं, पाकिस्तान २०० औं र श्रीलंका २ सय ६ औं स्थानमा रहेका छन् ।
।
नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल रहेका छन् ।
स्पेन छैटौं, अर्जेन्टिना सातौं, उरुग्वे आठौं, मेक्सिको नवौं र इटाली दशौं स्थानमा रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल फागुन ६ गते बिहीबार, १६:४४
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook