काठमाडौंः नयाँ अंग्रेजी पात्रो अनुसार आजदेखि सन् २०२० सुरु भएको छ ।

ग्रेगोरीयन पात्रोअनुसार बुधबारदेखि नयाँ वर्ष इस्वी सन् २०२० सुरु भएको हो ।

सन् २०१९ को अन्तिम दिन डिसेम्बर ३१ तारिख अर्थात् गएराती १२ बजेको समाप्तिसँगै सन् २०१९ को औपचारिक बिदाई भई नयाँ वर्ष २०२० सुरु भएको हो ।

इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।

नयाँ वर्ष मनाउन काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा मानिसहरु भेला भएका छन् । ती स्थानका होटलहरु भरिभराउ छन् ।यो सम्वत् प्रचलनमा रहेका देशहरुमा धूमधामका साथ नयाँ वर्षको स्वागत गरिएको छ ।


। नेपालमा पनि विभिन्न कार्यक्रम गरी नयाँ वर्षको स्वागत गरिएको छ ।

यस अवसरमा शुभकामना आदानप्रदान गर्ने चलन छ । नयाँ वर्षको अवसरमा पर्यटकीय स्थलहरुमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सडक महोत्सव गर्ने चलन छ । महोत्सवमा पर्यटकलाई खाने, बस्ने, घुम्ने कार्यक्रममा सहुलियत दिएर उनीहरुलाई आकर्षित गर्ने गरिन्छ ।

नयाँ वर्ष मनाउन काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा मानिसहरु भेला भएका छन् । ती क्षेत्रका होटलहरु भरिभराउ छन् ।

नेपाल सरकारले नयाँ वर्ष सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन लागेको छ ।


प्रकाशित मितिः बुधबार, पुस १६, ११:२९