काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धिको लक्ष्यमा पुग्न विकासको नयाँ सोच लिएर अगाडि बढ्न विकाससम्बद्ध मन्त्रालयका मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् । परम्परागत योजना प्रणालीबाट समृद्धिको लक्ष्यमा पुग्न असम्भव रहेको बताउँदै उनले भने ‘अबको हाम्रो उद्देश्य समृद्ध नेपाल, सुखी नेपाली होु, परम्परागत योजनाबाट यो लक्ष्यमा पुग्न सम्भव छैन,’।

राष्ट्रिय विकास समस्या समाधान समितिको ४२औं बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अब हाम्रो सोच र व्यवहार बदल्न जरुरी छ । आधुनिक योजना प्रणालीमा हामी अगाडि बढ्नुपर्छ ।’ विगतका गल्ती कमजोरी दोहो¥याउने छुट कसैलाई हुने छैनु।


प्रधानमन्त्री ओलीले ठोस योजनाबिना कुनै पनि काम अगाडि नबढाउन निर्देशन दिए । ‘विगतमा जस्तो योजनाका लागि योजना मात्रै बनाउन अब बन्द गर्नुस् । योजना केका लागि, त्यसबाट के उपलब्धि प्राप्त हुन्छ, कहिलेसम्म सम्पन्न हुने हो त्यसको टाइमलाइन समेत प्रस्ट देखियोस्,’ उनले भने, ‘सबैले आ–आफ्नो क्षेत्रमा कंक्रिट योजना बनाएर अगाडि बढ्ने जिम्मेवारी लिऔं ।’ हालसम्मको वास्तविक तथ्यांकमा आधारित भएर मात्र विकास निर्माणका योजना बनाउन उनले निर्देशन दिए । आयोजनामा देखिने समस्या तत्काल समाधान गर्ने संयन्त्र निर्माणमा पनि उनले जोड दिए । नागरिक दैनिकमा समाचार छ ।