भक्तपुरः प्रथम स्व. गणेशकुमार कवें स्मृति फुटसल प्रतियोगिताको उपाधि नर्थ प्वाईन्ट फुटसल क्लवले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा नर्थ प्वाईन्टले पारुहाङ्ग फुटसल क्लवलाई पेनाल्टिमा पराजित गर्दै उपाधि जितेको हो ।

उपाधिसँगै नर्थ प्वाईन्टले मेडल, ट्रफि र प्रमाणपत्र सहित नगद ५१ हजार ५ रुपैयाको राशि समेत हात पारेको छ । उपविजेता क्लवले नगद २५ हजार ५ सहित ट्रफि र मेडल हात पारेको थियो । त्यस्तै प्रतियोगितको तेस्रो स्थानमा तिर्थ मल्ल फुटसल क्लवले हात पारेको थियो भने प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने तिर्थ मत्व क्लवले नगद १० हजार ५ सहित ट्रफि हात पारेको थियो ।


। त्यस्तै प्रतियोगितमा नर्थ प्वाईन्ट मर्निङ्ग टिमले सान्तना भएको थियो ।

प्रतियोगिता दुई दिनसम्म सञ्चालन भएको थियो ।

प्रतियोगिताको वेस्ट प्लेयर नर्थ प्वाइटका सरोज तामाङ भएका थिए । प्रतियोगितमा वेष्ट किपरको उपाधि भने पारुहाङ्गका आकाश मल्ल घोषित भए । गणेश कुमार स्मृति कपले आयोजना गरेको प्रतियोगितमा प्रथम, दोस्रो र तेस्रो स्थानमा विजयी खेलाडीलार्ई प्रमुख अतिथि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पुरस्कार वितरण गरेका थिए ।


प्रकाशित मितिः २०७७ साल माघ २५ गते आइतबार, १८:०७