नवलपरासीः नवलपरासी बर्दघाट सुस्ता पुर्वको गैंडाकोट नगरपालिका–५ जनक स्कुल नजिकै मंगलबार राति बोलेरो जीपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखाको पालुङटार नगरपालिका–१० का ३५ वर्षीय ज्ञान बहादुर कुँवर रहेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

ना ३ च २२६१ नम्बरको जीपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।

ठक्कर दिने जीपसहित चालकलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः बुधबार, फागुन २८ , ०९:२८