नवलपरासीः नवलपरासी वर्दघाट सुस्ता पुर्वको देवचुली नगरपालिका–७ गाविस चोकमा बिहीबार साँझ मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासीको कावासोती नगरपालिका–१७ का २७ वर्षीय लाल बहादुर राना रहेको प्रहरीले जनाएको छ ।

धैवादी दलदले सडक खण्डमा ना १४ प ५११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा मृत्यु भएको अस्थायी प्रहरी पोष्ट दलदलेले जनाएको छ ।


प्रकाशित मितिः शुक्रबार, फागुन २३, ०८:५५