नवलपरासी (पूर्व): बिनयीत्रिवेणी गाउँपालिका–४ सर्दिबाट तास खेलिरहेको अवस्थामा प्रहरीले सोही ठाउँ बस्ने ३३ वर्षीय बिष्णु बहादुर कामु लगायत ११ जनालाई सोमबार दिउँसो पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५५ हजार ३ सय ३० रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १४ गते मंगलबार, १५:४९