नवलपरासी (पूर्व): गैंडाकोट नगरपालिका–१ नयाँबजार बस्ने हरि भुजेलको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–५ बस्ने ५५ वर्षीय गौरीशंकर प्रधान समेत १० जनालाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १४ हजार ७ सय नेपाली रुपैयाँ, ९ सय २५ भारतीय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल चैत २२ गते आइतबार, ०८:१६