नवलपरासी (पूर्व) : देवचुली नगरपालिका–१ कुनावास बस्ने बालकृष्ण लुङगेलीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सोही नगरपालिका–१२ बस्ने ४३ वर्षीय केदार काफ्ले सहित ७ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट दलदलेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३१ हजार १ सय ९० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मितिः २०७८ साल साउन ३० गते शनिबार, ११:०९